
रत्ननगर, मंसिर २५ । पूर्वी चितवनको रत्ननगरमा दोस्रो रत्न प्रिय कप फुटबल प्रतियोगिता सुरु भएको छ । रत्न प्रिय क्लवको आयोजनामा १० टिमको सहभागिता रहेको प्रतियोगिता वडा नं ९ मा रहेको टिकौली चौरमा सुरु भएको हो ।
प्रतियोगिताको विजेतालाई १ लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष बसन्त रानाले जानकारी दिए ।प्रतियोगितामा उपविजेता टोलिलाई ७७ हजार ७७७ रुपैया पुरस्कार प्रदान गरिने रानाले बताए । उद्घाटन कार्यक्रमा वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारी, नगरपालिकाका सामाजिक विकाश शाखा संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की लगाएतको उपस्थिती रहेको थियो ।
यसैबिच, प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । सौराहा फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आयोजक रत्न प्रिय क्लब विजयी भएको खेल समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट गोल गरेका रत्न प्रिय क्लवका यूकेश तामाङ म्याद अफ दी म्याच घोषित भए । तामाङलाई वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारी र सेन्ट्रल कलेजका प्रमुख यज्ञ बिलास पौडेल (वाईवि) ले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार मिलिजुली युवा क्लव कालिका र खेलकुद विकास समिति रत्ननगर १२ बीच हुनेछ ।