सैपामका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री

December 7, 2023 6:37 pm

रत्ननगर, मंसिर २१ । कालिका नगरपालिका वडा नं. ११ मा रहेकाे श्री शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालय सैपामका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको छ । सो विद्यालयमा अध्ययन गर्ने ८४ जना विद्यार्थीलाई एक बर्षका लागि पुग्ने नगर उप-प्रमुखसंग बालवालिका कार्यक्रम अन्तर्गत बिहीवार कालिका नगरपालिकाले नेपाल मेड नेपाल संस्थाकाे सहकार्यमा ट्याकसुट, कापि र कलम प्रदान गरिएको हो । बिहीवार विद्यालयमा आयोजित कार्यक्रममा कालिकाका मेयर विनाेद रेग्मी र उप- मेयर विमला तामाङ सहितले सो सामाग्री हस्तान्तरण गरेका थियो ।

कार्यक्रममा नगर प्रमुख रेग्मीले सो विद्यालयमा नेपाल मेड नेपालले गरेका कामहरुको बारेमा प्रकाश पारेका थिए । नगर प्रमुख रेग्मीले भने, “शैक्षिक सामग्रीले विद्यार्थीकाे पठनपाठनमा टेवा पुग्नेछ, थप हाैसला मिल्छ ।” नगर उप- प्रमुख तामाङले शैक्षिक सामाग्रीले विद्यार्थीलाई थप उर्जा मिल्ने बताईन् । नगर उप-प्रमुखसंग बालवालिका कार्यक्रमलाई निरन्तरता दिने उनकाे भनाई छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर प्रजाले निरन्तरको सहयोगले विद्यालयका बालबालिकाले सजिलै शिक्षा आर्जन गरेको बताए । कार्यक्रममा विद्यालयका प्राध्यानाधयापक झलक भट्ट, नेपाल मेड नेपालका टिम सदस्यहरूकाे सहभागिता रहेको थियो ।