रत्ननगर । माडी नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत विहीबार भएको सेमिफाइनल खेलमा भरतपुर महानगरपालिकालाई पराजित गर्दै गरी माडी नगरपालिका फाइनलमा प्रवेश गरेको हो । माडी नगरपालिकाले भरतपुर महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गरेको हो । माडीलाई फाइलनको यात्रा तयको लागि अभिषेक महतोले निर्णायक गोल गरेका थिए । उनी म्यान अफ दी म्याच घोषित भएका छन् । रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण महतो उत्कृष्ट खेलाडी महतोलाई पुरस्कार हस्तान्तरण गरेका थिए । शनिबार हुने फाइनल खेलमा माडीले रत्ननगर नगरपालिकाको सामना गर्नुपर्ने छ । बुधबार भएको सेमिफाइलन खेलमा इच्छाकामना गाउँ पालिकालाई पराजित गरी रत्ननगर फाइनल प्रवेश गरिसकेको छ । चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।