रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ भक्तिनी बगैँचामा रहेको दुर्गा भवानी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा गीतानाथ अधिकारी चयन भएका छन् । शनिबार सम्पन्न मन्दिरको आठौं बार्षिक साधारण सभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा टीकाराम बास्तोला, सचिवमा इश्वरी आचार्य, कोषाध्यक्षमा बाबुराम श्रेष्ठ, सहसचिवमा सृजना पौडेल र सदस्यहरुमा सीता सापकोटा, मीना लामिछाने, टीकाराम खनाल, भगवती पोखरेल, लक्ष्मी बास्तोला, उमा खनाल चयन भएका छन् । लेखा समिति संयोजकमा हरि पौडेल र सदस्यहरुमा पिताम्बर आचार्य, सीता रेग्मी, संरक्षकमा रामकृष्ण पौडेल, दुर्गा सत्याल, शिव पौडेल र गोविन्द रिजाल खोलाकी तथा सल्लाहाकारमा दुर्गादत्त पौडेल, प्रेमप्रसाद रेग्मी र हरिबहादुर रिजाल चयन भएका छन् । युवराज सिंह पराजुली संयोजक र शिवप्रसाद पौडेल तथा गम्भिरा कार्की सदस्य रहेको निर्वाचन समितिले मन्दिरको सर्वसम्मत नयाँ समिति गठन गर्न सफल भएको हो ।
साधारण सभा तथा अधिवेशनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले धार्मिक संस्थाहरुको संरक्षणले मात्र सभ्य समाज निर्माण हुने तर्क गरे । उद्घाटन सत्रमा शिलालेखमा नाम रहेका २० जना ८० बर्ष कटेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा निर्वतमान भएका हरिबहादुर रिजालले नीति तथा कार्यक्रम र लेखा समितिका संयोजक हरि पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष बलराम सिवाकोटी लगायतले मन्तव्य राखेका थिए । धनु ढकालले सञ्चालन गरेको सो कार्यक्रममा अम्विका ढकालले स्वागत मन्तव्य राखेकी थिइन् ।
