गङ्गा प्लाजा चिठ्ठा कुपन योजना सार्वजनिक, २६ जनाले जिते पुरस्कार

November 23, 2023 9:13 pm

रत्ननगर । गंगा प्लाजा व्यवासायी समितिले बडा दशैं, शुभदीपावली र छठ पर्वको अबसर पारेर आयोजना गरेको चिठ्ठा कुपन योजना अन्तर्गत रत्ननगर वडा नं १३ जयमंगलाकी सुस्मिता रानाभाटले प्रथम पुरस्कार स्वरुप ६५ हजार मूल्य बराबरको वासिङ मेसिन जितेकी छिन । आज रत्ननगर १ गङ्गाप्लाजा स्थित सगरमाथा मोवाईल परिसरमा सार्वजनिक गरिएको लक्की ड्र मार्फत रानाभाटका अलावा अन्य २६ जनाले पुरस्कार हात पारेका छन् ।

दोस्रो पुुरस्कारको रुपमा कुपन नं २५३६ लाई फ्रिज, तेस्रो पुरस्कार कुपन नं २१६१ लाई स्माट टेलिभिजन, चौथो पुरस्कार प्रेमनाथ खनाललाई स्माट टेलिभिजन, पाँचौ पुरस्कार कुपन नं १७८८ लाई माइक्रोओभन, छैनौं पुरस्कार कुपन नं ५९४५ लाई भ्याकुम क्लिनर र २० जनालाई सान्त्वना पुरस्कार स्वरुप आइरन प्रदान गरिएको समितिका सल्लाहकार शंकर पौडेलले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रबक्ता तथा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, त्यस्तै विशिष्ठ अतिथीहरु होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके, रत्ननगर उद्योग बाणिज्यसंघका अध्यक्ष शंकर गिरी, गंगा प्लाजा व्यवासायी समितिका संरक्षक राजेन्द्र थापा,गंगा प्लाजा व्यवासायी समितिका अध्यक्ष राजकुमार बुढाथोकी लगायतले उपहार हस्तान्तरण गरेका थिए ।

सो अबसरमा महासंघका अध्यक्ष चुकेले टाँडी बजारलाई विकासको उचाईमा लैजान आफुले गंगा प्लाजा स्थापना गरेको बताए । संघका अध्यक्ष गिरीले गंगा प्लाजा सुपर मार्केट रत्ननगरकै नमुना बजारको रुपमा विकास भइरहेको बताए । गंगा प्लाजा व्यवासायी समितिका अध्यक्ष राजकुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष विष्णुप्रसाद भट्टराईले कुपन उपहार योजनाको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।