एक दिवसीयमा विराट कोहलीले बनाए कीर्तिमानी ५० औँ शतक

November 15, 2023 6:38 pm

काठमाडौं । चर्चित भारतीय मध्यक्रमका ब्याट्सम्यान विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी ५० औँ शतक बनाएका छन् । यस अघी महान क्रिकेटर सचिन तेन्दुलकरले बनाएको ४९ शतकलाई उछिन्दै बिराटले यो कीर्तिमानी हासिल गरेका हुन् । अहिले भईरहेको विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्ड विरुद्ध कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्काको मद्दतमा १ सय १७ रन बनाए ।

सचिन तेन्दुलकरले ४ सय ५१ औं एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ शतक बनाएका थिए भने कोहलीले २ सय ७७ औं खेलमा दक्षिण अफ्रिकाविरुद्ध यही विश्वकपमा शतक हान्दै ४९ शतकको कीर्तिमान बराबरी गरेका थिए । कोहलीले बुधबारको शतकसँगै विश्वकप क्रिकेटको एकै सिजनमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।