नेपाल सरकारले गर्यो टिकटक बन्द गर्ने निर्णय

November 13, 2023 2:53 pm

काठमाडौं । नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले यसलाई बन्द गर्ने निर्णय गरिएको बैठकको निष्कर्ष रहेको छ ।

सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाई अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल नै कार्यान्वयनमा जाने र त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने भएको छ ।