मुसहर महिला सशक्तीकरण परियोजना : समाज कल्याण परिषदको बिज्ञ टोलिद्वारा अनुगमन

November 12, 2023 4:04 pm

सर्लाही । अण्डेफको सहयोगमा साप नेपालद्वारा संचालित नेपालमा स्थानीय सरकारको लैंगिक उत्तरदायी सुशासन प्रबर्द्धन परियोजना अन्तरगत मुसहर महिला सशक्तीकरण कार्यक्रमको अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । समाज कल्याण परिषदको अनुगमन तथा मुल्यांकन बिज्ञ अप्सरा पाण्डे,साप नेपालका अध्यक्ष गिता भट्टराई, साप नेपालकै सुचना अधिकृत अर्चना चौधरी, मिडिया पार्टनर ह्याप्पी मिडियाका रामु आचार्य र रेडियो एकताका जनार्जन खत्री, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सचिव पचु माझी, जिल्ला अध्यक्ष रितुराज ऋषी सहित परियोजना क्षेत्रको चार दिने स्थलगत अबलोकन भ्रमण सम्पन्न भएको हो ।

सर्लाहीको हरिपुर नगरपालिका,बरहथवा नगरपालिका, बसबरीया र चन्द्रनगर गाउँपालिकामा संचालित समुहहरुमा गएर लक्षित समुदाय संग प्रत्यक्ष भेटेर छलफल तथा अन्तरक्रिया गरेर अनुगमन गरेको साप नेपालका प्रदेस निर्देशक जनक कार्कीले बताउनु भयो । हरिपुर नगरपालिका वडा नं ७,२, र ५ का मुसहर महिला सशक्तीकरण मन्च चन्द्रनगर गाँउपालिका, बरहथवा र बसबरीयाका मुसहर अगुवाहरु, पालिकाका प्रमुख मेयर, प्रमुख प्रसासकीय अधिकृत, वडा अध्यक्षहरु संग भेटेर परियोजनाको क्रियाकलाप र यसले मुसहर समुदायमा ल्यायको आर्थिक सामाजिक,राजनीतिक परिबर्तन सम्बन्धमा छलफल गरि मुसहर समुदायको घरदैलोमा नै पुगेर अनुगमन गरिएको थियो ।

अनुगमन कार्यक्रम पश्चात् समुदायमा आएको सकारात्मक परिबर्तन, मुसहर महिला सशक्तीकरण समुहको दिगोपना तथा निरन्तरता, स्थानिय सरकार र अन्य सरोकारवाला निकायसँगको समन्वय र सहकार्य जस्ता बिषयबस्तुमा प्रतिप्रश्न गरि जानकारी संकलन गिरएको थियो । यसै क्रममा चन्द्रनगरका प्रमुख प्रसासकिय अधिकृत मदन बहादुर थिङ,मेयर राजकुमार महतो योजना प्रमुख पचुलाल माझी र वडा अध्यक्षहरु संग समाज कल्याण परिषदकी अनुगमन तथा मुल्यांकन बिज्ञ अप्सरा पाण्डेले भेटेर प्रतिप्रश्न गर्नु भएको थियो । यसक्रममा बरहथवाका मेयर कल्पना कुमारी कटुवाल,सुचना अधिकृत रुपेस कुमार कर्ण,कानुनी सल्लाहकार महेस बराल र बसबरीयामा गई अनुगमन गरिएको हो ।

यस क्रममा जनप्रतिनिधिहरुले साप नेपालको कार्यक्रमले मुसहर समुदायको समूह बिकास सन्जाल निर्माण भएको, महिलाहरको बोल्ने बानिको बिकास भएको, पालिका तथा वडा कार्यालयमा गएर बजेट माग्न सक्ने भएको, आफ्ना बालबालिकालाई जन्मदर्ता गरेर विद्यालय पठाएको,बचत तथा आयआर्जनका लागि २ वटा महाजन मुक्त सहकारी संचालनमा ल्याएर १३ सय मुसहरहरु लाभान्वित भएको, बचत गर्ने बानिको बिकास भएको, घर परिवार र समुदाएमा मिलेर बस्ने गरेको, बाल बिबाहमा न्युनिकरण भएको, अन्य संघ संस्थामा आवद्ध हुने गरेको जस्ता परिवर्तन भएको अनुगमनमा पाएको समाज कल्याण परिषदको अनुगमन तथा मुल्यांकन बिज्ञ अप्सरा पाण्डेले जानकारी दिनुभयो ।