साहित्यकार आमोदी र ओझालाई रत्ननगर साधना सम्मान 

November 10, 2023 4:51 pm

रत्ननगर । रत्ननगर बाङ्मय परिषद्ले रत्ननगरमा दुई कवि, साहित्यकार तथा लेखकलाई शुक्रबार रत्ननगर साधना सम्मान २०८० प्रदान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तीको अबसरमा आयोजिक साधना सम्मान तथा रचना बाचन कार्यक्रममा केशवराज ओमोदी र इश्वरी ओझालाई जनही २० हजार राशीको पुरस्कार सहित सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका कार्यबहाक मेयर पोटबहादुर घिमिरे र बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले सयुक्त रुपमा आमोदी र ओझालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । रत्ननगर वडा नं १३ निवासी आमोदी विगत ४० बर्ष देखि नेपाली भाषा साहित्यको विभिन्न विधा तथा उपविधा लेखनमा सक्रिय हुँदै महाकाब्य,गजल तथा छन्दोबद्ध कविता लेख्दै आएका छन् । रत्ननगर १२ निवासी ओझा विगत ३० बर्ष देखि छन्दात्मक कविता, संस्मरण, नाटक, शब्दकोष लगायत भाषा साहित्यको विभिन्न विधा तथा उपविधाहरुको लेखनमा रही महाकाब्यहरु लेखेर नेपाली बाङ्मयको श्रीबृद्धिमा योगदान गरेका पुराना साहित्यकार हुन ।

कार्यक्रममा गजलकार धनराज गिरीले इश्वरी ओझा र लेखक लक्ष्मण अर्यालले आमोदीको जीवनीबारे प्रकास पारेका थिए । कार्यक्रममा साहित्यकारहरु रमाकान्त सापकोटा, एलवी क्षेत्री,केदारनाथ रेग्मी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा कवि तथा साहित्यकारहरु राजेन्द्र घायल, राजेन्द्र हमाल, लीला अधिकारी, केपिकिरण शर्मा, सामना पहाड, गणेश शर्मा पौडेल, अशोक भूषाल, किसान प्रेमी, गोविन्द गिरी लगायतले कविता बाचन गरेका थिए । बाङ्मय परिषद्का अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम परिषद्का सदस्य कमल अर्यालले सञ्चालन गरेका थिए ।