रत्ननगरमा वडा स्तरीय फुटबल : दुई वडा सेमिफाइलनमा प्रवेश 

October 31, 2023 5:50 pm

रत्ननगर । रत्ननगरमा मेयर कपका लागि खेलाडी छनोटका गर्न आयोजित वडा स्तरीय फुटवल प्रतियोगितामा दुई वटा वडा सेमिफाइलनमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न दुई छुट्टा छुट्टै खेलबाट वडा नं वडा नं ४ र वडा नं ११ सेमिफाइनलमा प्रवेश गरेको रत्ननगर खेलकुल विकास समितिका संयोजक कृष्ण चौधरीले जानकारी दिए । पहिलो खेलमा वडा नं ४ ले वडा नं १० लाई पेनाल्टी सुटआउटमा तीनका विरुद्ध एक गोल अन्तरले पराजित गरी सेमिफाइलनमा प्रवेश गरेको हो । दोस्रो खेलमा वडा नं १ लाई पराजित गर्दै वडा नं ११ सेमिफाइनलमा प्रवेश गरेको हो । वडा ११ को जितका लागि दिनेश रानाले दुई गोल गरेका थिए । वडा नं १ का तर्फबाट किरण चौधरीले एक गोल गरे । रत्ननगर नगरपालिका खेलकुल विकास समितिको आयोजनामा वडा नं ८ स्थित बाघमारा खेल मैदानमा कार्तिक १० गतेबाट प्रतियोगिता सुरु भएको हो । १७ टिक सहभागी सो प्रतियोगिताको फाइनल कार्तिक १८ गते हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र दोस्रो हुने टिमले २५ हजार पुरस्कार सहित शिल्ड तथा मेडल प्रदान गरिने समितिका संयोजक चौधरीले बताए ।