त्रिकोणात्मक क्रिकेट श्रृंखला, नेपाल द्वारा हङकङ ७९ रनले पराजित

October 21, 2023 8:50 pm

काठमाडौं : त्रिकोणात्मक श्रृंखला अन्तर्गतको तेश्रो खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ। २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले ८ विकेट गुमाएर जम्मा १ सय ३४ रन बनाएपछी नेपालले शृंखलामा लगातार तेश्रो जित निकाल्न सफल रहयो ।

पहिले व्याटिंग गरेको नेपालले दिपेन्द्रसिंह ऐरी र कुशल मल्लको आक्रामक खेलको मद्धतले विशाल लक्ष्य खडा गरेको थियो । नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए । कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए। यस्तै सन्दीप जोरा र गुलशन झाले एक एक रन बनाए ।

बलिङ तर्फ नेपालका करण केसी, सोमपाल कामि तथा ललित नारायण राजबंशीले समान २/२ विकेट लिए भने प्रतिष जिसी तथा दिपेन्द्र ऎरिले १/१ विकेट लिए । हङकङका लागी अंशय रथले ४५ तथा आजिज खानले २५ रन, बाबर हायातले २० रन बनाए भने अन्यले उत्कृष्ठ प्रदर्शन गर्न सकेनन । नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो। आजको खेलमा विजयी भएसँगै नेपालले एक खेल अगावै फाइनलमा स्थान बनाएको छ।