शहर भित्रका गरिब चेपाङलाई दसैं मनाउन चामल र मासु 

October 21, 2023 4:40 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० बैरियामा बसाेबास गर्ने सीमान्तकृत चेपाङ समुदायलाई दसैंका लागि खाद्यान्न वितरण गरिएकाे छ । वडा कार्यालयले शहर भित्रका गरिब चेपाङ समुदायलाई दसैं मनाउन चामल र मासु वितरण गरेकाे हाे । आर्थिक अभावका कारण दसैं मनाउन नसक्ने अबस्थाका १७ परिवारलाई चालम,तेल, नुन सहित कुखुराकाे मासु प्रदान गरिएकाे वडाध्यक्ष कलाधर पाैडेलले जानकारी दिए ।

दसैंका बेला पैसा नभएर चुलाे नबल्ने अबस्था देखिएपछि फुलपातीकाे दिनमा चामल र मासु वितरण गरिएकाे उनकाे भनाई छ । शनिबार आयाेजित एक कार्यक्रमका बीच मेयर प्रलाद सापकाेटा र वडाध्यक्ष पाैडेलले सयुक्त रुपमा उनीहरुलाई साे सामाग्री हस्तान्तरण गरेका थिए । वडा कार्यालयले प्रतिपरिवार एक बाेरा चामल,तेल,नुन र एउटा जीउदाे कुखुरा सहयाेग गरेकाे वडा सचिव सरेन्द्र चाैधरीले जानकारी दिए । साे अबसरमा मेयर सापकाेटाले आफ्नाे क्षमता अनुसार पर्व मनाउन नगरवासीहरुलाई आग्रह गरे ।

कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष किरण महताे, नेकपा एमालेका वडा कमिटीका अध्यक्ष एक बहादुर जिसी,माओवादी केन्द्रका विष्णुप्रसाद सुवेदी, रास्वपाका कृष्णप्रसाद पाैडेल, समाजबादीका गुप्तबहादुर खड्का, राजाेमाका टीकाराम सुवेदी, खानेपानीमा वडा संयाेजक शिवकान्त न्याैपाने, पञ्चामृत सहकारीका पूर्व अध्यक्ष गाेपीप्रसाद अधिकारी,सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य गाेमादेवी भण्डारीले स्वागत मन्तव्य राखकाे कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष कृष्ण चाैधरी,वडा नं १० की वडा सदस्य पूर्णिमा नेपाली लगायतकाे सहभागिता रहेकाे थियाे ।