पिठुवा खानेपानीका परिषद् सदस्यलाई प्रमाणपत्र वितरण

October 19, 2023 4:49 pm

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाका नवनिर्वाचित परिषद् सदस्यलाई सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएकाे छ । रत्ननगर नगरपालिकाका तीन वडाका बासिन्दालाई खानेपानीकाे आपूर्तिकाे काम गरिरहेकाे साे संस्थाकाे नयाँ नेतृत्व चयनकाे लागि वडागत रुपमा सर्वसम्मत निर्वाचित परिषद् सदस्यलाई पद तथा गाेपनीयताका सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएकाे हाे ।

वडा नं १४ बाट ८० जना, वडा नं १५ बाट ८८ जना र वडा नं १६ बाट ५५ जना गरि २२३ जना परिषद् सदस्य निर्वाचित भएका थिए । कार्यक्रममा वडा नं १५ का सचिव तथा मतदान अधिकृत सुर्यप्रसाद ढुंगानाले सपथग्रहण तथा कार्यक्रमका प्रमुख अतिथि वडा नं १४ का वडाध्यक्ष हाेमनाथ रानाभाट,वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ र वडा नं १६ का वडाध्यक्ष हेमराज थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । साेे अबसरमा खानेपानीका अध्यक्ष समेेत रहेका वडा नं १५ का वडाध्यक्ष तामाङले संस्थालाई आर्थिक रुपमा सबल बनाउदै पाईपलाईन विस्तार र पानीकाे गुणस्तर विकास तथा पानी सुरक्षाकाे लागि काम गरिएकाे बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यबहाक नगर सभापति अपिल अधिकारी, नेकपा एमालेका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल, माओवादी केन्द्रका जिल्ला सदस्य रमेश लामिछाने, रास्वपाका नगर अध्यक्ष रामनाथ भट्टराई, राप्रपाका नगर प्रबक्ता सन्ताेष लामा, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

वडा नं १४ का वडाध्यक्ष तथा त्यहाका निर्वाचन अधिकृत केशवराज शर्माले सञ्चालन गरेकाे साे कार्यक्रममा वडा नं १६ कि वडा सचिव तथा त्यहाकी निर्वाचन अधिकृत जयन्ती रानाभाटले स्वागत मन्तव्य राखेकी थिइन । ४ हजार ६०० घरधुरीलाई साे संस्थाले २४ सै घण्टा पानी आपूर्ति गर्दै आएकाे छ । साे संस्थाले रत्ननगर वडा नं १४, १५ र १६ का बासिन्दालाई स्वच्छ पानी वितरण गर्दै आएकाे छ ।