चितवन जुत्ता चप्पल मेला कात्तिक ४ गते फुलपाती सम्म

October 17, 2023 8:58 pm

चितवन – चितवन जुत्ता चप्पल मेला दशैको फुलपाती सम्म चल्ने भएको छ । चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी हलमा आयोजित जुत्ता चप्पल मेला कात्तिक ४ गते फुलपातीको दिन सम्म सन्चालन हुने भएको छ ।

यहि असोज १० गतेबाट शुरु भएको उक्त मेला असोज ३० गते सम्म सन्चालन हुने भनिएपनि ग्राहकहरुको चापलाइ मध्यनजर गर्दै मेला लम्बिएको हो । दशै बिदामा ग्राहकहरुलाई मेलामा अबलोकन गर्न आउन सहज हुने र हाल ग्राहकको बाक्लो उपस्तिथका कारण मेला लम्बाईएको बताउनुहुन्छ नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय ।

मेलामा एकै ठाउँमा सबै उमेर समुहलाई मिल्ने नेपालमै उत्पादित गुणस्तरिय स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य सामाग्री खरिद गर्न दिनभर प्रदर्शनी केन्द्रमा विभिन्न क्षेत्रबाट आउने उपभोक्ताहरुको भिड लाग्ने गरेको छ । मेलामा चितवन लगायत आसपासका जिल्लाहरुबाट ग्राहकहरु आउने गरेका छन्

मेलामा गुणस्तर र सुपथ मुल्यमा बिदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्ने नेपाली कम्पनीका हरेक ग्राहकको रोजाईमा पर्ने जुत्ताचप्पल बिक्रिवितरण भईरहेको आयोजक बताउँछन् ।

महोत्सवमा पि जि शुज, बि एफ डियरहिल शुज, स्मार्ट शुज, फुट स्टेप, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, डिजे कलेक्सन, केटिएम शुज, शिल, हाईलाईफ़, बेली लगायतको नेपालका प्रख्यात १३ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।