रत्ननगर, असोज २९ । सल्भ एजुकेशन माइग्रेसन कन्सल्टेन्सीले आफ्नो शाखा रत्ननगर २ सिनेमारोड टाँडीमा शुभारम्भ गरेको छ । शाखाको सोमवार रत्ननगर वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कल्सल्टेन्सीका टाँडी शाखा प्रमुख सिड श्रेष्ठले उच्च शिक्षा अध्ययनका अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सल्भ एजुकेशन कन्सल्टेन्सी उत्कृष्ठ गन्तव्य भएको बताउँदै विदेश जान चाहने विद्यार्थीहरुमा भएको अन्यौलता हटाउन सल्भ एजुकेशनले सहि परामर्श दिइरहेको बताए ।
श्रेष्ठले पछिल्लो समय विदेश जान चाहने विद्यार्थीहरुको संख्या बढेको भन्दै विद्यार्थीहरुले विदेशमा आर्जन गरेको शिक्षा र सिकेको सिप नेपालमा फर्केर सदुपयोग गर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले रत्ननगरका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि नारायणगढ, काठमाण्डौका कन्सल्टेन्सीमा जानुपर्ने बाध्यता हट्ने विश्वास ब्यक्त गर्दै सल्भ एजुकेशनको रत्ननगर टाँडी शाखालाई सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा कन्सल्टेन्सीका नारायणगढका प्रमुख ओसन थापाले विद्यार्थीका अभिभावकलाई आफ्ना छोराछोरी विदेश पठाउनका लागि बुझेर कल्सल्टेन्सीको छनौट गर्न सुझाव दिए । उनले रत्ननगर र आसपासका विद्यार्थीहरुको चाहनालाई मध्यनजर गर्दै टाँडीमा शाखा सुभारम्भ गरेको बताउँदै टाँडी शाखाले विद्यार्थीको विश्वास जित्ने विश्वास व्यक्त गरे ।
अस्ट्रेलियाको मेलवर्नमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीको नारायणगढ र रत्ननगरको टाँडीमा शाखा रहेको छ । कल्सल्टेन्सीले नेपालको मुख्य शहरहरू, काठमाडौं, बुटवलमा आगामी दिनमा शाखा बिस्तार गर्ने योजना बनाएको थापाले बताए । कल्सल्टेन्सीले अहिले अष्ट्रेलियामा मात्रै विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउँदै आइरहेको छ भने छिटै अमेरिका, क्यानडा लगाएत अन्य देशहरुमा विद्यार्थी पठाउने योजना रहेको जनाएको छ ।
उद्घाटन कार्यक्रममा रत्ननगर वडा नं.४ का वडा अध्यक्ष रामकुमार चौधरी, वडा नं. ८ का वडा अध्यक्ष कृष्ण चौधरी लगाएतले मन्तव्य राखेका थिए ।