काँग्रेसकाे क्षेत्रीय पार्टी कार्यालय भवन निर्माण समितिकाे संयाेजकमा उमेश गिरी

October 6, 2023 7:46 am

रत्ननगर । नेपाली काँग्रेस चितवन क्षेत्र नं १ काे क्षेत्रीय पार्टी कार्यालयकाे भवन निर्माण संयाेजकमा उमेश गिरी चयन भएका छन् । क्षेत्रीस समितिकाे बुधबार बसेकाे पूर्ण बैठकले क्षेत्रीय सचिव समेत रहेका गिरीलाई भवन निर्माण समितिकाे संयाेजककाे जिम्मेवारी प्रदान गरेकाे हाे । संविधान सभा सदस्य सावित्रीदेवी चाैधरीले प्रदान गरेकाे जग्गामा भवन निर्माण हुँदैछ । चाैधरीले पार्टीकाे भवन निर्माणकाे लागि रत्ननगर वडा नं ३ मा रहेकाे जग्गा प्रदान गरेकी थिइन । पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील काेइरालले यस अघि शिलान्यास गरेकाे भवनकाे शुक्रबारबाट निर्माण प्रारम्भ हुँदैछ । पार्टी प्रबक्ता तथा अर्थमन्त्री प्रकाश शरण महतले पार्टी कार्यालयकाे निर्माण प्रारम्भ गर्ने कार्यक्रम रहेकाे भवन निर्माण समितिका संयाेजक तथा क्षेत्रीय सचिव गिरीले जानकारी दिए । पार्टीले प्रदान गरेकाे जिम्मेवारी कुशलतापूर्व पूरा गर्ने छु गिरीले भने पार्टीका नेता,कार्यकर्ता र शुभेच्छुकहरुबाट आर्थिक संकलन गरि भवन निर्माण गर्ने छाैं। क्षेत्रीय समितिकाे बैठकले भवन निर्माणकाे लागि बनाइएकाे अर्थिक समितिकाे संयाेजकमा अर्का क्षेत्रीय सचिव दीपकराज पाैडेललाई चयन गरेकाे छ ।