
१४ असोज , भरतपुर। चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित जुत्ता चप्पल दशै महोत्सव २०८० मा ५० प्रतिसत सम्म छुट पाए पछि उपभोक्ताको आकर्षण बढेको छ । गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ । मेलामा भरतपुर, क्यान्सरगेट चोक बाट आउनु भएकी प्रतिमा शर्माले बजारमा भन्दा सुपथ मूल्य भएको र छुटको बहार भएको कारण आफुले २ जोर जुत्ता किनेको बताउनुभयो । केहि दिनमा घर परिवार सहित फेरी आउनु उँहाको भनाई थियो।
महोत्सबमा आउने ग्राहकहरुले १३ वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका आकर्षक डिजाइनका जुत्ता चप्पल छानी छानी किन्न सक्ने भएका कारण पनि उपभोक्ताले विशेष रुपमा मेलालाई हेरिरहेका छन् । शारदानगर बाट आउनुभएकी सुनिता अधिकारीले पनि जुत्ता गुणस्तरीय भएका कारण आफ्नो लागी मात्र नभई घर परिवारको लागी समेत जुत्ता चप्पल किनेको बताउनुभयो।