बढ्यो पेट्रोलियम पदार्थको मूल्य : एलपी ग्यासको मूल्य २ हजार ११०

September 30, 2023 10:12 pm

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा ४ रूपैयाँ ८२ पैसा र हवाई इन्धनमा ६ रूपैयाँ ५४ पैसा बढेको हो ।यस्तै एलपी ग्यासको १७३ रूपैयाँ ४५ पैसा बढेको छ ।नयाँ मूल्य सूची शनिबार राती बाटै लागू हुनेछ ।