रत्ननगरको सौजन्य बचतको साधारण सभा : असल ऋणी र बचतकर्ता सम्मानित

September 27, 2023 6:20 pm

रत्ननगर, असोज १० । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको श्री सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा मंगलबार गरिएको छ ।साधारण सभाको कालिका नगर पालिकाका मेयर विनोद रेग्मीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । साधारण सभामा चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष धर्मध्वज लम्साले आर्थिक कारोबारसंगै शेयर सदस्यको आर्थिक विकास, सामाजिक उत्तरदायित्व बहन र संस्थागत विकासलाई ध्यानमा राखेर योजना बनाईने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष लम्सालले प्रगति प्रतिवेदन, संस्थाकी कोषाध्यक्ष सविता आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समितिमा संयोजक लिलानाथ अर्यालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सो सहकारीले आर्थिक बर्ष २०७८/८० मा ५ लाख १३ हजार ५ सय ३ रुपैँया मुनाफा गर्न सफल भएको संस्थाकी कोषाध्यक्ष आचार्यले जानकारी दिइन् । सो सहकारीको शेयर पुँजी रु ९९ लाख ६६ हजार १ सय, जगेडा कोषमा रु ८ लाख ६ हजार २ सय ७५, बचत तथा ऋण सापटी रु ८२ लाख ३३ हजार ८ सय ८९, बचत तथा अन्य कोषमा रु ४ लाख ५८ हजार ३७, बचत तथा निषेप दायित्वमा रु २ करोड ४४ लाख २८ हजार ६ सय ४५ रहेको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिईन् ।

साधारण सभामा उत्कृष्ट बचत कर्ता मदन कुमार माली र श्रीमाया गुरुङ तथा असल ऋणी वविता घर्ती मगर र केशवती थोकर सहित ४ जनालाई सम्मान गरिएको छ । सो अबसरमा प्रमुख अतिथि मेयर रेग्मीले सहकारीको विधि, नियम, कानुन अंगालेर कार्य गर्न आग्रह गरेकाछन् । आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुको पहिचान गरी लगानी गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. १० का वडा सदस्य गोमा भण्डारी लगाएतले मन्तव्य राखेका थिए । संस्थाकी सचिव अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष महादेव प्रसाद हुमागाईले स्वागत मन्तव्य राखेका थिए ।