साफ यू-१९ फुटबल: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

September 25, 2023 7:45 pm

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हरायो । नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो ।

यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो । ८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३-१ ले जिताए । खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो । छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो । त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो ।