
५ असोज, रत्ननगर। रत्ननगरको टिकौली जंगलमा आज दिउँसो करिव ३ बजे बोलेरो र मिनिबस एकापसमा ठक्कर खादा १४ जना घाईते भएका छन्। आल्मुनियमको सामाग्री बोकेको बोलेरोको तिव्र गति भएका कारण दुर्घटना भएको प्रत्यक्ष्यदर्शीहरुको भनाई छ। बोलेरो संगको ठक्कर पछि यात्रुवाहक मिनिबस सडक भन्दा केहि पर पल्टिएको छ। घटनाको वृस्तृत विवरण आउन बाँकी रहेको छ।