रत्ननगर उवासंघका अध्यक्ष शंकर गिरी सम्मानित

September 20, 2023 2:33 pm

रत्ननगर, असोज ३ । रत्ननगर उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन मार्फत अध्यक्षमा निर्वाचित भएका शंकर गिरीलाई सम्मान गरिएको छ । गिरीलाई नारायणी यातायात व्यवसायी संघ हेटौँडाले बुधवार चितवनमा सम्मान गरेको हो ।

कार्यक्रममा सम्मानित अध्यक्ष गिरीले यातायात क्षेत्रमा आफूले लगानी गरेको हुनाले यातायात व्यवसायीहरुको माझमा रहेर नेतृत्वलाई अगाडी बढाउदै लैजाने बताए । यातयात क्षेत्रमा आईपरेका समस्याहरुलाई उद्योग वाणिज्यसंघ संग जोडेर कसरी अगाडी बढाउन सकिन्छ तर्फ लाग्नुपर्ने बताए ।उनले भने, ‘धेरै यातायात व्यवसायीहरु समस्यामा परेकाछन् तर हिजोबाट गरिरहेको पेशालाई कसरी अगाडी बढाउन सकिन्छ तर्फ लागौं, नारायणी यातायात व्यवसायी एक ढिक्का भएर लाग्नुपर्छ ।’

भोलिका दिनहरुमा यातायात क्षेत्रलाई अगाडि बढाउन सधै साथ र सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।उनले भने, ‘चितवन जिल्लामा हिजोका दिनहरुका जसरी नारायणी यातायात व्यवसायी संघ अगाडी बढिरहेको थियो त्यसरी नै अगाडी बढाउदै लैजानुपर्छ ।’

नारायणी यातायात व्यवसायी संघ हेटौँडाका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यक्रममा निवर्तमान अध्यक्ष बद्रि प्रसाद चौलागाई, यातायातका कर्मचारी लाल कुमार श्रेष्ठ लगाएतले मनतव्य राखेका थिए ।नारायणी यातायात व्यवसायी संघ हेटौँडाका प्रमुख समुन्द्रराज खड्काले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अशोक पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।