रत्ननगर कांग्रेसको तिज विशेष कार्यक्रम सम्पन्न 

September 11, 2023 6:28 pm

रत्ननगर, भदौ २५ ।

हरितालिका तीज तथा जितिया पर्वको अवसरमा नेपाली कांग्रेस रत्ननगर नगर समितिले सोमबार तीज विशेष कार्यक्रम गरेको छ । संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यवाहक नगर सभापति अपिल अधिकारीले जानकारी दिए । कार्यक्रममा उपस्थित महिलाहरुले तिजको शुभकामना आदान प्रदान गर्दै दर खाएका थिए । कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री उमा रेग्मीले महिलाहरुलाई तिज भड्कीलो तरिकाले नमनाउन सुझाव दिंदै तिज विशेष कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न टेवा पुग्ने भन्दै कांग्रेस रत्ननगर नगर समितिलाई धन्यवाद दिइन । कार्यक्रममा बागमती प्रदेश कार्यसमिति सदस्य महेश प्रसाद रौनियार , संविधान सभा सदस्य सावित्री देवी चौधरी, पूर्व मन्त्री सावित्री बोगटी, कांग्रेस महासमिति सदस्य उत्तम आचार्य, गिता देवकोटा, सुसीला उप्रेती, , छलि कुमारी शर्मा, जिल्ला सदस्य सिता रिजाल, महाधिवेशन प्रतिनिधी निता ढकाल लगायतको उपस्थिती रहेको थियो । नगर सचिव अनिता अर्यालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य नगर उपसभापती कमलनाथ अधिकारीले राखेका थिए ।