रत्ननगर । चितवन उद्योग संघ रत्ननगर समितिको अध्यक्षमा उमाकान्त पौडेल चयन भएका छन् । शनिबार रत्ननगरमा सम्पन्न पाँचौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा शिव खनाल, सचिवमा सुवासचन्द्र गौतम, कोषाध्यक्ष एवम् महिला उद्यमी मञ्चको अध्यक्षमा प्रमिला पोखरेल, कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्चको अध्यक्षमा कपिल सिंखडा, कार्यसमिति सदस्यहरुमा उमा कुमारी सापकोटा, बिष्णु प्रसाद लामिछाने, माधव थपलिया, शालिकराम बास्तोला, बिष्णु प्रसाद भट्टराई, दीपक चापागाई चयन भएका छन् ।
त्यस्तै युवा उद्यमी मञ्च रत्ननगरको सदस्यहरुमा प्रदिप सिंह कुर्मी र विजयराज नराल, महिला उद्यमी मञ्च रत्ननगरको सदस्यहरुमा लक्ष्मी देवकोटा, बिन्दु शर्मा, गीता सिंखडा, लेखा समितिको संयोजकमा गोविन्द प्रसाद पौडेल र समिति सदस्यहरुमा रामलाल चौधरी, रामप्रसाद पराजुली चयन भएका छन् । नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सपथग्रहण गराएका थिए । चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष गोविन्द प्रसाद खनालको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंह प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सिंहले साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित समितिको सफलताको कामना दिंदै सरकारको नीति र उद्योगमाथि बैंकहरुले गर्ने दबाबका कारण उद्योगीहरु धरासायी बन्दै गएको बताए ।
आर्थिक मेरुदण्डको रुपमा रहेको उद्योग क्षेत्रलाई प्रबद्र्धन गर्ने नीति तत्काल सरकारले लागू गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले सरकारको तर्फबाट बैंकले ऋण र ब्याजका सवालमा उद्योगीमैत्री नीति अवलम्वन गर्नुपर्नेमा जोड दिए । चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष गोविन्द प्रसाद खनालले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रमिला पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साधारणसभा तथा अधिवेशनमा पर्यटन उद्योगतर्फ जंगल सफारी लज, कृषि उद्योगतर्फ न्यू मेरियल इन्भेष्टमेण्ट, स्वदेशी तथा वदैशिक लगानीबाट सञ्चालित भई उद्योग क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा एसवाई प्यानल नेपाल लिमिटेड, रोजगारीको क्षेत्रतर्फ योगदान पु¥याएकोमा स्मार्ट फुड एण्ड स्न्याक्स प्रा.लि.लाई सम्मान गरिएको थियो ।
त्यस्तै चितवन उद्योग संघको पूर्व कार्यसमितिका विभिन्न पदहरुमा रत्ननगर क्षेत्रबाट प्रतिनिधित्व गरी महत्वपूर्ण सहयोग पु¥ययाउनु भएका भेषराज दुवाडी, केशवनारायण श्रेष्ठ, उमेश घिमिरे, कृष्ण प्रसाद पौडेल, दिलमाया गुरुङलाई सम्मान गरिएको थियो । चितवन उद्योग संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेल निर्वाचन समितिको संयोजक तथा रत्ननगर नगरपालिकाका कार्यक्रम अधिकृत विश्वास श्रेष्ठ र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल निर्वाचन समितिको सदस्यमा रहेका थिए । सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्षले पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै क्षेत्रीय होटल संघका उपाध्यक्ष योगेन्द्रनाथ अधिकारी, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, उपाध्यक्ष एवम् रत्ननगर समितिका संस्थापक अध्यक्ष गजेन्द्र अधिकारी, उपाध्यक्ष तारा बहादुर कार्की, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेल, चितवन उद्योग संघ, माडी समितिका निवर्तमान अध्यक्ष भोजराज खनाल, खैरहनी समितिका उपाध्यक्ष डोल बहादुर कार्की, महिला उद्यमी मञ्चकी सदस्य जुनु पौडेल अधिकारी, युवा उद्यमी मञ्चका कार्यसमिति सदस्य अश्विन गोले लगायतको सहभागिता रहेको थियो ।