रत्ननगर, भदौ २० ।
रत्ननगर । नेपाल शिक्षक संघ रत्ननगरले मंगलबार विद्यार्थीले गरेको प्रर्दशनका विषयमा शिक्षकहरुको नाम जोडिनु दुःखद भएको जनाएको छ । संघले बुधबार एक विज्ञप्ती जारी गरी विद्यार्थीको आन्दोलनमा शिक्षकको नाम जोडिएको भन्दै दुःख व्यक्त गरेको हो ।
शिक्षक सरुवाको विरोधमा मंगलबार नेपाल माविका विद्यार्थीहरुले नगरपालिका परिसरमा प्रर्दशन गरेका थिए । शिक्षक सरुवाको निर्णय सान्दर्भिक नभएको भन्दै नेपाल माविका कलिला बालबालिकाहरू पठनपाठनमा सक्रिय हुनुपर्नेमा त्यस्तो नभई, शिक्षक सरुवा व्यवहारिक, शिक्षा ऐन नियम सम्मत भएनभएको, सम्बन्धित पक्षहरु बीचमा नै विचार विमर्श हुनुपर्नेमा विद्यार्थी संलग्नता भएको तर्फ एवं सामाजिक सञ्जालमा आएका समचारले सम्पूर्ण शिक्षकहरुको आत्म सम्मानमा चोट पुगेको छ विज्ञप्तीमा भनिएको छ ।
आगामी दिनहरूमा विद्यार्थी भाइ बहिनीहरु कहिकतै, कसैको उक्साहटमा नलाग्न र कसैबाट उक्साहट भएमा सोको पहिचान गरी निरुत्साहित गर्न सम्बन्धित निकायको समेत विज्ञप्ती मार्फत ध्यानर्कषण गराइएको छ ।
