रत्ननगरमा शिक्षक सरुवा प्रकरण : शिक्षकहरु माथि लगाइएको आरोप निराधार 

September 6, 2023 5:16 pm

रत्ननगर, भदौ २० ।

नेपाल राष्ट्रिय शिक्षक संगठन रत्ननगर नगर समितिले विद्यार्थीहरुले नाराबाजी गरेको विषयमा शिक्षकहरु माथि लगाइएको आरोप निराधार रहेको जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गरी आन्दोलन गर्न विद्यार्थी उचालेको भन्ने विषयमा शिक्षकहरुको नाम जोडी सञ्चार माध्यममा आएको भन्दै संगठनले त्यसको खण्डन गरेको हो । रत्ननगरमा शिक्षक सरुवाको विरोधमा मंगलबार नेपाल माविका विद्यार्थीहरुले नगरपालिका कार्यालयमा प्रर्दशन गरेका थिए । विद्यार्थीहरुको भविश्यप्रति शिक्षकहरु सचेत रहेको र आन्दोलनमा विद्यार्थी संलग्न गराउने कार्यलाई निरुत्साहित गर्न सबैपक्षलाई आग्रह गर्दर्छौ विज्ञप्तीमा भनिएको छ । रत्ननगर नगरपालिकाले ३६ जना शिक्षकको अन्तरिक सरुवा गर्दा नेपाल माविका प्रधानाध्यापक सहित १० जना परेका थिए ।