नेपाल माविका शिक्षकद्वारा सरुवा राेक्न विद्यार्थी प्रयाेग 

September 5, 2023 6:00 pm

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिकामा रहेकाे नेपाल माविका शिक्षकहरुले सरुवा राेक्न विद्यार्थीलाई प्रयाेग गरेका छन् । सरुवा राेक्न गरिएकाे अनेक किसिमकाे प्रयास असफल भएपछि विद्यार्थीलाई प्रयाेग गरिगकाे हाे । साे विद्यालयका विद्यार्थीहरु शिक्षक थमाैतीकाे माग गर्दै नगरपालिका पुगेर नाराबाजी गरेका छन् । शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरुले ‘नयाँ सर चाहिँदैन, पुरानो सर लान पाइँदैन’ भन्दै नाराबाजि गरेका हुन् । साे नगरपालिकाले भदौ १३ गते ३६ जना शिक्षकको आन्तरिक सरुवा गरेको थियो । नेपाल माविका प्रधानाध्यापक बुद्धिराज सुवेदी सहित १० शिक्षक सरुवामा परेका थिए ।

सुवेदी अहिले जापानमा छन् । नगरपालिकाले पठाएकाे सरुवा पत्र विद्यालयले शिक्षकलाई अहिले सम्म दिएकाे छैन् । जापानमा रहेका प्रधानाध्यापक सुवेदीले आफू नआई सरुवा भएका शिक्षकलाई रमान नदिन निमित्त प्रधानाध्यापक मैयाँ अम्गाईलाई निर्देशन दिएकाे श्राेतले बताएकाे छ । हामीले गरेकाे निर्णय गलत छैन मेयर प्रलाद सापकाेटाले भने विधि र विधान बमाेजिम शिक्षककाे सरुवा गरेका हाै, निर्णय कुनै हालतमा फिर्ता हुँदैन ।

शिक्षक व्यवस्थापन समितिका संयाेजक समेत रहेका उपमेयर यादवप्रसाद पाठकले कार्यविधि अनुसार नै शिक्षक सरुवा गरिएकाे भन्दै निर्णय फिर्ता नहुने बताए । उनीहरुलाई जिल्ला बाहिर पठाएका हाेइनाै उनले भने नगरभित्रका विद्यालयमा पठाएका हाैं, सरुवा भएका विद्यालयमा पढाउन नगए राजीनामा दिने हाे । विद्यार्थी नेता दीपक थापाले नगरपालिका निर्णय सही रहेकाे भन्दै सरुवा थमाैतीकाे लागि अबाेध वालवालिका प्रयाेग गरिएकाे बताए ।