चितवनमा ग्रेट टि.भीको आयोजनामा तीज महोत्सव २०८० हुने

September 3, 2023 8:17 pm

चितवन । पूर्वी चितवनको खैरहनी बजारमा ग्रेट तीज महोत्सव २०८० हुने भएको छ । हिन्दु नारीहरुको हरितालिका तीजको अवसरमा ग्रेट टि.भी प्रा.लिको आयोजनामा यही असोज १ गते ग्रेट तीज महोत्सव हुने अध्यक्ष रामेश्वर रिजालले जानकारी दिनुभयो ।

स्थानिय कला, संस्कृतिको संरक्षण सगैँ राष्ट्रियस्तरका कलाकारहरुको सहभागीतामा तीज महोत्सव हुने रिजालले बताउनुभयो । सो अवसरमा समाजमा विभिन्न माध्यमबाट उल्लेख योगदान दिएका व्यक्तित्वहरुलाई समेत विशेष सम्मान गर्ने अध्यक्ष रिजालले बताउनुभयो । खुल्ला तथा प्रतियोगितात्मक रुपमा हुने महोत्सवमा सहभागीतको लागि ग्रेट टि.भीको अफिसियल वेवसाईट मार्फत सहभागीता जनाउने सकिने रिजालले जानकारी गराउनुभयो ।

उहाँले सोही अवसरमा ग्रेट तीज टिकटक र ग्रेट फोटो प्रतियोगिता महोत्सवमा विशेष आर्कषण हुने दावी गर्नुभयो । महोत्सवमा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुने समुह वा व्यक्तिलाई नगद पुरस्कार समेत प्रदान गरिने ग्रेट टिभिले जनाएको छ ।

विगत आधा दशकदेखि डिजिटल प्रविधि मार्फत ग्रेट टि.भी अनलाईन पूर्वी चितवनमा मात्रै नभई विश्वभर नै अगल पहिचानका साथ स्थापित रहेको छ । स्थानीय स्तरसगैँ शिक्षा, स्वास्थ्य, राजनीति, अपराध लगायतका विषयलाई मुख्य मुद्दा बनाएर आफ्ना सामाग्री श्रव्य, दृश्य मार्फत ग्रेट टिभि अनलाईन दर्शक माझ लोकप्रिय रहेको छ ।