राेट्याक्ट क्लबका अध्यक्षसंग युवाहरुकाे अन्तरसंवाद

September 2, 2023 7:10 am

रत्ननगर । राेट्याक्ट डिष्ट्रिक ३२९२ ले चितवनकाे साैराहामा शुक्रबार अध्यक्षसंग प्रत्यक्ष संवाद कार्यक्रम गरेकाे छ । राेट्याक्ट अध्यक्ष साझ कार्यक्रमकाे आयाेजना गरि राेट्याक्ट क्लवकाे संस्थागत विकास र युवाहरुकाे व्याक्तित्व विकासकाे बारेमा प्रत्यक्ष संवाद कार्यक्रम गरिएकाे हाे । समाज परिबर्तन, युवा नेतृत्व विकास र विपन्नलाई सहयाेग गर्न स्थापना भएकाे राेट्याक्ट क्लवकाे संस्थागत विकासकाे लागि कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रममा राेट्याक्ट क्लवमा आबद्ध सदस्य युवाहरुले राेट्याक्ट क्लवका बारेमा अध्यक्षलाई प्रश्न राख्ने र अध्यक्षले युवाहरुकाे प्रश्नकाे जवाफ दिने गरि अन्तरसंवाद गरिएकाे राेटरी क्लव अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष पुजन लामिछानेले जानकारी दिए । कार्यक्रममा राेट्याक्टका केन्द्रीय अध्यक्ष राेशन कार्की, राेट्याक्टका निर्वाचित अध्यक्ष विक्रम क्षेत्रीले युवाहरुकाे प्रश्नकाे जवाफ दिँदै समाज रुपान्तरणकाे लागि युवाहरुकाे भूमिका अझै सशक्त हुन आवश्यक रहेकाे बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक राेट्याक्ट कमिटी चियर नारायण कृष्ण खरेलले अध्यक्षसंगकाे अन्तरसंवादले संस्थागत तथा नेतृत्व विकासका काेसेढुंगा सावित हुने बताए । कार्यक्रममा राेटरी क्लव अफ नारायणी मिट टाउनकी अध्यक्ष अर्पणा प्रधानले समेत मन्तब्य राखेकी थिइन् । राेट्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष विनाेद श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा ३०० बढी युवाहरुकाे सहभागिता रहेकाे राेट्याक्ट क्लव अफ नारायणी मिट टाउनका सदस्य दिपेश ज्ञावलीले जानकारी दिए । कार्यक्रम राेट्याक्ट क्लव अफ नारायणी मिड टाउनले हाेष्ट गरेकाे थियाे ।