रत्ननगरमा एकैपटक ३६ शिक्षक सरुवा, को कहाँ ? (सुचीसहित)

August 31, 2023 9:04 pm

रत्ननगर, भदौ १४ ।

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयका ३६ जना शिक्षककाे आन्तरिक सरुवा गरेकाे छ । शिक्षक व्यवस्थापन कार्यदलकाे सिफारिसका आधारमा नगरपालिकाले शिक्षकहरुकाे आन्तरिक सरुवा गरेकाे हाे । शिक्षक सरुवाकाे लागि कार्यदलले गरेकाे सिफारिसलाई शिक्षा समितिकाे बुधबार बसेकाे बैठकले अनुमाेदन गरेकाे हाे । साे नगरपालिकाले २० जना निमावि तह र १६ जना मावि तहका शिक्षककाे आन्तरिक सरुवा गरेकाे हाे । सरुवा भएका ३६ जना मध्ये चार जना प्रधानाध्यापक समेत छन् ।