१२ भाद्र, रत्ननगर।
रोट्र्याक्ट जिल्ला ३२९२ को जिल्ला अध्यक्षहरुको सम्मेलन यहि भाद्र १५ र १६ गते चितवनको पर्यटकिय नगरी सौराहामा हुने भएको छ। कार्यक्रममा अध्यक्षहरुको बिचमा अन्तरक्रिया, आपसी परिचय, क्लव संचालन सम्बन्धि प्रशिक्षण हुने कार्यक्रमका संयोजक सुजन धिताल र दिनेश गैरेले बताए। सो कार्यक्रम अन्तर्गत थारु संस्कृति प्रदर्शन, कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुति साथमा क्लवका सदस्यहरुको विविध प्रस्तुति रहने रोट्र्याक्ट जिल्ला ३२९२ को अध्यक्ष रोशन कार्कीले जानकारी दिनुभयो। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको क्षेत्र १४ का क्षेत्रीय प्रतिनिधि पुजन लामिछानेले बताए।