रत्ननगर, भदौ ५ ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पूजा सेवा केन्द्र रत्ननगरका प्रमुख सुरज लौडारी सम्मानित भएका छन् । संस्थाको ३३ औं स्थापना दिवसको अवसरमा लौडारीलाई आर्थिक बर्ष २०७९/८० मा उत्कृष्ठ कार्य गरेवापत संस्थाले सम्मान गरेको हो । गैंडाकोटमा आयोजित कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश कृषी तथा भुमि ब्यवस्थापन मन्त्री महेन्द्र ध्वज जिसीले लौडारीलाई सम्मान पत्र प्रदान गरेका थिए । स्थापना दिवसकै अवसरमा २४ सेवा केन्द्र रहेको विकूले पूजा सेवा केन्द्रलाई उत्कृष्ठ सेवा केन्द्र घोषणा गर्दै ‘सिक्स एस एसेसमेन्ट पर्फमेन्स’ अवार्ड विधाबाट सम्मान गरेको छ । पूजा सेवा केन्द्रलाई अरु सेवा केन्द्र भन्दा उत्कृष्ठ कार्य गरेको भन्दै सो विधाबाट सम्मान गरिएको हो । संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारीहरुलाई विभिन्न विद्यामा सम्मान समेत गरिएको थियो ।