रत्ननगर, भदौ ५ ।
नेपाली कांग्रेस रत्ननगर नगर समितिको प्रवक्तामा सुरेसजङ्ग पाण्डेलाई मनोनयन गरिएको छ । सोमबार बसेको नगर समितिको बैठकले पाण्डेलाई प्रवक्तामा मनोनयन गरेको हो । पाण्डेलाई मंगलबार नगर सम्मेलनमा कांग्रेसका केन्द्रिय नेता प्रदिप पौडेल र नगर सभापती प्रलाद सापकोटाले मनोनयन गरिएको पत्र संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
