विकू बचतको रक्तदान : पुजा सेवा केन्द्रमा ८७ युनिट रगत संकलन

August 19, 2023 6:25 pm

रत्ननगर, भदौ २ ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं बार्षिकोत्सवको अवसरमा रत्ननगरमा रक्तदान कार्यक्रम गरिएको छ । बचतको बकुलहरमा रहेको पुजा सेवा केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ८७ युनिट रगत संकलन भएको सेवा केन्द्रका प्रमुख सुरज लौडारीले जानकारी दिए । उनले चितवनमा देखीएको रगत अभावलाई मध्यनजर गर्दै बार्षिकोत्सवको अवसर पारेर रक्तदान गरिएको बताए । कार्यक्रममा ७६ पुरुष र ११ जना महिलाले रक्तदान गरेको लौडारीले जानकारी दिए । रत्ननगर वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार चौधरी , वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण चौधरी, विकू बचतको मुख्य कार्यालयका सचिव प्रेम प्रसाद सापकोटा , गुञ्जमान अस्पताल रत्ननगरका प्रवन्धक मोहन खड्का लगायतको उपस्थिती रहेको थियो ।