चितवन । चितवनको टिकौली जंगलमा भएको दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलेको छ । गैडाकोटको अक्सफोर्ड कलेजको बसले टिकौली जंगलमा सात वटा सवारी साधनलाई ठक्कर दिंदा २० जना घाइते भएका हुन् । बसले लास बोकेको बोलेरोसहित सात वटा सवारीलाई ठक्कर दिएको थियो ।
घाइतेहरुको विवरण :
भरतपुर अस्पतालमा उपचाररत घाइतेहरु
खैरहनी नगरपालिका–४ बस्ने अन्दाजी ६५ वर्षीय कृष्ण बहादुर तामाङ (गम्भिर)
हेटौडा उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ६५ वर्षीय महोन तामाङ (गम्भिर)
खैरहनी–१ बस्ने अन्दाजी ८२ वर्षीय जित बहादुर तामाङ (गम्भिर)
रत्ननगर नगरपालिका–१४ बस्ने अन्दाजी ५५ वर्षीय कुसुम बहादुर राना (गम्भिर)
रत्ननगर–१४ बस्ने अन्दाजी ३८ वर्षीय सुरेश श्रेष्ठ (गम्भिर)
रत्ननगर–९ बस्ने अन्दाजी ३५ वर्षको किशोर तामाङ (गम्भिर)
रत्ननगर–१४ बस्ने अन्दाजी ५५ वर्षको डोल बहादुर कार्की (गम्भिर)
रत्ननगर–१४ बस्ने बर्ष ४१ को पुर लामा (मध्यम)
सोहि ठाउँ बस्ने बर्ष ५५ को बुद्धिराम तामाङ (मध्यम)
रत्ननगर–१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले (मध्यम)
काठमाण्डौ गोकर्ण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ (मध्यम)
रत्ननगर–१६ बस्ने बर्ष ४७ को दिल बहादुर घिसिङ (मध्यम)
चितवन मेडिकल कलेजमा उपचाररत घाइते
बलेरो गाडीमा सवार नवलपुर गैडाकोट नगरपालिका–८ बस्ने बर्ष ५१ को लोकराज लामा (मध्यम)
पुरानो मेडीकल कलेजमा उपचाररत
रत्ननगर–१४ बस्ने बर्ष ३३ को शंकर परियार (सामान्य)
सोहि ठाउँ बस्ने बर्ष ३६ को दिबेश शाक्य (मध्यम)
बलेरो गाडीमा सवार रत्ननगर–१४ बस्ने बर्ष ५० को आईतराम कामी (मध्यम)
रत्ननगर–३ बस्ने बर्ष ४४ को गोपाल तामाङ (मध्यम)
रत्ननगर–१४ बस्ने बर्ष २६ को पुष्प तामाङ (मध्यम)
सोहि ठाउँ बस्ने बर्ष ३८ को कृष्ण लामा (मध्यम)
रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा (मध्यम)