रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ११ मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई सोमबार खाद्यान्न सहयोग गरिएको छ । अभियानकर्ता सुजन नेपालको पहलमा रत्ननगर १६ पिठुवा निवासी नारायण नहर्कीले चामल र तरकारी सहयोग गरेका हुन । केन्द्रमा आयोजित एक औपचारिक कार्यक्रममा केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई नहर्कीले खाद्यान्न हस्तान्तरण गरेका थिए ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशिल धनबहादुर दराई, राजन दंगाल, अशोक लामा, जुलुस घिसिङ, अनिष पन्त, अमर परियार, तारा खड्का लगायतको सहभापगता रहेको थियो । सो अबसरमा अध्यक्ष शर्माले केन्द्रमा १४० जना बालबालीका आवासीय सुविधा सहित अध्ययन गरिरहेको बताए । सहयोगीदाताहरुको भरमा केन्द्र सञ्चालन भइरहेको भन्दै दैनिक ९० किलो चमल र सोही अनुसार तरकारी तथा मसलन्द सामाग्री खपत हुने बताए ।
सहयोगीदाँता नहर्कीले चेपाङ समुदायका बालबालीकाको शिक्षाका लागि आफूले सानो सहयोग गरेको बताए । विपन्न समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्नु हाम्रो पनि दायित्व हो उनले भने केपीकिरण शर्माले गरेको पुनीत काममा सानो सहयोग मात्र गरेको हुँ ।