नीरकला शर्माको जीवनी सहितको स्मारिका विमोचन

August 5, 2023 3:32 pm

रत्ननगर । शिक्षा क्षेत्रमा योगदान गरेकी रत्ननगरकी नीरकला शर्माको जीवनी सहित समाबेश गरेर तयार गरिएको गायत्री ट्रष्ट स्मारिका शनिबार विमोचन गरिएको छ । रत्ननगर १३ माधवपुर स्थित असहाय बृद्ध कल्याण समाजको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा सनातन धर्मका धर्मगुरु श्रीकृष्ण शास्त्रीजी महाराज र गायत्री शर्मा अशक्त मानब सेवा ट्रष्टकी अध्यक्ष शर्माले सयुक्त रुपमा सो स्मारिता विमोचन गरेका हुन ।

लामो समय शिक्षण पेशमा आबद्ध शर्माले असहाय बृद्ध कल्याण समाजकी संस्थापक अध्यक्ष हुन । शिक्षणपेशबाट अबकास लिएपछि शर्माले असहाय बृद्ध कल्याण समाज स्थापना गरी असहाय बृद्धबृद्धाहरुलाई पालनपोषण गर्दै आएका छिन् । उनको सामाजिक कार्यमा समाजका अगुवा तथा उनले पढाएका विद्यार्थीहरुले साथ दिँदै आएका छन् । नीरकलालाई रत्ननगरको जीउदो इतिहारको रुपमा हेरिदै आइएको छ । शर्माले पढाएका विद्यार्थी अहिले देशको महत्वपूर्ण पदमा छन् । गायत्री शर्मा अशक्त मानब सेवा ट्रष्टले प्रकाशनमा ल्याएको सो पुस्तकमा नीरकलाको संघर्षको कथा, जीवनी,जगल, चितवनको चिनारी समावेश गरिएको ट्रष्टका उपाध्यक्ष तिकलराज शर्माले जानकारी दिए । रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष बरिष्ठ निबन्धकार रामबाबु सुवेदीले कृतिमाथि चर्चा गर्दै नीरकला माथी सदभाव प्रकट गरिएका लेखसंगै समाजसेवा र परोपकारको महत्व समेत दर्साइएको बताए ।

स्मारिकामा भएका विषयबस्तुले मानिसलाई सकारात्मकबाटोमा डो¥याउन मद्दत पुग्ने मात्र नभइ समाज निर्माणमा लाग्न अभिप्रेरित समेत गर्ने घिमिरेले बताए । स्मारिकाका सहसम्पाद तथा ट्रष्टका सदस्य दुर्गा पुरीली नीरकलाले शैक्षिक क्षेत्रमा गरेको योगदान सामान्य नभएको बताए । उहाँमा अदम्बे सहास छ उनले भने हामी बनेको नै उहाँबाट नै हो । कार्यक्रममा बोल्ने कवि तथा साहित्यकारहरुले कविता र गजल मार्फत नीरकला शर्माको योगदानको चर्चा समेत गरेका छन् ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी श्यामजी अतिथि, बरिष्ठ साहित्यकार स्मारिकाका सम्पादक केशबराज आमोदी, गामबेँसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष किपिकिरण शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कवि तथा साहित्यकारहरु राजेन्द्र घायल, मुकुन्दराज पौडेल,मोदनाथ मरहठ्ठा, धनराज गिरी, कमल अर्याल, होमनाथ घिमिरे, यमुना न्यौपाने,इश्वरी ओझा तथा बाल कवि सर्बज्ञा पौडेलले रचनाबाचन गरेका थिए । सो अबसरमा नीरकला शर्माले विपन्न,अशक्त,दृष्टिविहीनहरुको सेवाको लागि आमाको नाममा ट्रष्ट स्थापना गरेको बताइन् ।