साउन १९ गते । पछिल्लो समय विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिन थालेपछी खैरहनी नगरपालिकाले दुई दिन विद्यालय बन्द गराउन निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी राजु बानियाँले एक सूचना जारी गर्दै साउन २१ र २२ गते विद्यालय बन्द गराउन भनिएको छ । संस्थागत विद्यालय तथा कलेजहरुमा विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिदै गएको जानकारी आएकाले तत्काललाई दुई दिन बिदा दिइएको नगर शिक्षा अधिकारि बानियाँले बताए । सो बिदा विद्यालयले हिउँदे र बर्से बिदाबाट कट्टा हुने गरि दिन भनिएको छ । अहिले खैरहनिमा सामुदायिक विद्यालयमा भने बर्से बिदा छ ।