भरतपुर । खाद्यान्न बस्तुको बजार भाउ आकासिदा समेत भरतपुरको मार्फा किचनले १२० रुपैयामा थकाली खाना विक्री गरिरहेको पाइएको छ । तीन बर्ष अघि एक सय रुपैयाबाट खाना विक्री गर्न थालेको सो किचनले अहिले भने १२० रुपैयामा खाना खुवाउदै आएको छ । बजारभाउ आकासिएका बेला १२० रुपैयामा एकछाक खान पाउनु सामान्य मान्छेको लागि अबसरको कुरा हो । मार्फा किचनले १२० रुपैयामा साधा खाना विक्री गरिरहेको छ । जिरामसिना चामलको भात, तरकारी, दाल, गुन्द्रुकको अचार, करेला, साग सहितको थकाली खाना ग्राहकहरुलाई उपलब्ध गराउदै आएको सञ्चालक यादब खनालले जानकारी दिए । उनले १८० रुपैयामा चिकन र २५० मा मटन खाना विक्री गर्दै आएको बताए । उनको किचनमा सामान्य मान्छेदेखि सरकारी कर्मचारी तथा डाक्टरहरु समेत खाना खान आउछन् । २०७७ सालमा भरतपुर १० सप्तगण्डकीचोकबाट मार्फा किचन सुरु गरेका खनालले भरतपुर सरकारी अस्पताल अगाडि र क्यान्सर अस्पतालको एक नम्बर गेट नजिक गरी तीन ठाउँमा व्यवसाय सञ्चालन गरेका छन् । तीन ठाउँमा गरेर उनले ९०० जनालाई दैनिक खाना खुवाउछन् ।
अहिले सम्म दुई करोड लगानी गरेका खनालले २४ जनालाई रोजगारी दिएका छन् । रोगजागरीको लागि साउदी गएका खनाल त्यहाबाट १२० हजार लिएर स्वदेश फर्किए । स्वदेश फर्किएपछि विभिन्न ठाउँमा व्यवसाय सुरु गरेका खनालले पछिल्लो समय भरतपुरमा रेष्टुरेन्ट सहितको खाना व्यवसाय सुरु गरेका हुन । तीन बर्ष अघि एक सय रुपैयामा साधा खाना विक्री गरेको हुँ उनले भने खाद्यान्न बस्तुको बजार भाउ आकासिदै जाँदा समेत १२० रुपैयामा खाना विक्री गर्न सकेको छु । खानाको अलवा उनको किचनमा तास, मम, चाउमिन, सेकुवा तथा खसिको भुटन समेत पाइन्छ ।
स्थानीय आवश्यकताको पहिचान गरी खानाको परिकार बनाउने गरेको छु उनले भने एक पटक खाना खाएको मान्छे पटक पटक आउनुहुन्छ । उनको किचनमा नियमित खाना खान आउने ग्राहकको संख्या ठुलै छ । ग्राहक धेरै भएर कर्मचारीले नभ्याउदा खनाल आफैले भान्सामा काम गर्छन् । मलाई अधिकांश खाना बनाउन आउछ उनले भने कर्मचारीले नभ्याउदा आफै खाना बनाउछु । दक्ष जनशक्ति उत्पादनको लागि बेरोजगार युवायुवतीलाई तालिम दिएर मार्फा किचनमै रोजगारी दिने योजना खनालले बनाएका छन् । अनुभवी प्रशिक्षकबाट तालिम दिने र उनीहरुलाई आफ्नै व्यवसायमा रोजगारी दिने योजना बनाएको उनले बताए ।