राप्ती नगरपालिकाले चोक चोकको ठेला हटायाे

July 31, 2023 7:55 pm

राप्ती । राप्तीको मुख्य राजमार्गको वरपर व्यापार गदै आएका ठेलालाइ नगरपालिकाले हटाएको छ । सोमवार नगरपालिकाको कर्मचारी सहित गएको टोलिले भण्डारा , बिरेन्द्रनगर र खुरखुरेको चोकमा फलफुल बेच्दै आएको ठेलालाइ हटाएको हो । गएको चैत्र महिनामा नगरपालिकाले अव्यवस्थित रुपमा राखिदै आएको ठेलालाइ हटाउन अनुरोध गरेको थियो । जेठ महिनाको अन्तिम तिर नगर प्रमुख आफैले गएर ठेलालाइ हटाउन अनुरोध गरेका थिए । तर व्यापारिहरुले नमानेपछि सोमवार ३ वटा ठेलानै उठाएर ल्याएको हो ।

नगरपालिकाको अनुरोधलाइ मान्दै केहि व्यापारिहरुले स्वीकार गदै ठेला हटाएका थिए । योसंगै राप्तीको मुख्य राजमार्गसंग जोडिएका चोकमा अव्यवस्थित रहेको फुटपाथ वा ठेला व्यवसायलाइ तत्कालन हटाउन नगरपालिकाले निर्देशन दिएको छ । नगर प्रमुख शमशेर लामाले नगरको सुन्दरताको यो निर्णय गरिएको बताए । चोक चोकमा अव्यवस्थित रुपमा रहेको ठेलालाइ विकल्प सहित हटाएको उनले बताए । भण्डाराको सवै ठेला व्यवसायीलाइ तरकारी म०डीमा ६ महिनाको निशुल्क सटर उपलव्ध गराएको बताए । उनले नगरपालिका, उद्योग वाणिज्य संघ र जनजागृत ताजा हरियाली तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाले ६ महिनाको निशुल्क सटर उपलव्ध गराउने निर्णय पछि ठेला हटाउन सुरु गरिएको बताए । उनले अव व्यवसायीहरुले सहजीकरण गरिदिएका छन अव मुख्य चोकचोकमा यो समस्या नहुने बताए ।

वडा नं ५ का अध्यक्ष सिताराम वलले बजारको मुहार फेर्नको लागी पनि ठेला हटाएको बताए । नया जनप्रतिनिधि आएपछि पहिलो एजेण्डा यहि रहेको तर पुरा हुन एक बर्ष लागेको बताए । अव ठेला व्यवसाय र अव्यवस्थित व्यवसायलाइ स्थानिय सरकारले सहयोग नगर्ने बताए । वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले विरेन्द्रनगर चोकमा रहेको ५ जना मात्र व्यवसायी रहेको उहाहरुको उचित व्यवस्थापन हुने बताए । मैले आजै चौतार र सार्वजनिक शौचालयको छेउमा व्यवस्थापन गर्ने भएको छु । व्यवसायीहरुले पनि मान्नु भएको छ । वडा नं ८ मा रहेको खुरखुरेका व्यवसायीहरुपनि वडासंग समन्वय गर्ने भएका छन । वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यका अनुसार वडा सरकारले पनि केहि जिम्मेवारी लिएर भएपनि व्यवस्थापन गर्ने बताए । ठेला हटाएकोमा स्थानियले खुशि व्यक्त गरेका छन ।