रत्ननगर, साउन ४ । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबार बाट भिएक्सएल माईग्रेशन एण्ड एजुकेशन कन्सलटेन्सी सञ्चालनमा आउने भएको छ । रत्ननगर नगरपालिका वडा नं. १ बकुलहरमा भोली देखि चौथो शाखाको रुपमा कन्सल्टेन्सी सञ्चालनमा आउन लागेको बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
मुख्य कार्यालय अष्ट्रेलियामा रहेको कन्सलटेन्सिले नेपालमा २०१९ साल देखि आफ्नो सेवा सुरु गरेको थियो । अष्ट्रेलिया, फिलिपिन्स, काठमाडौं र विराटनगर, बुटवलमा शाखा कार्यालयहरु रहेको रत्ननगर, बकुलहर शाखा प्रमुख प्रवल भुर्तेलले जानकारी दिए । शुक्रबारबाट चौथो शाखाको रुपमा रत्ननगरको बकुलहरमा सञलनमा आउन लागेको शाखा प्रमुख भुर्तेलले बताए । कन्सलटेन्सिले देशका अन्य शहरहरुमा समेत छिट्टै शाखा विस्तार गरि सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।
शाखाबाट आईएलटिएस, पीटिई का कक्षाहरु सञ्चालन सँगै अध्ययन तथा भिजिट भिसाका लागि अष्ट्रेलिया, क्यानडा, यूके, आईरल्यान्ड, फिनल्यान्ड, फिलिपिन्स, र जापान लगाएत अन्य देशहरुको लागि प्रोसेसिङ गरिदिने गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्व उपाध्यक्ष तथा भिएक्सएल माईग्रेशन एजुकेशन कन्सल्टेन्सी ग्लोवलका डाईरेक्टर नविन पन्तले जानकारी दिए । विदेश जान चाहने इच्छुकहरुलाई निशुल्क परामर्श दिईने उनको भनाई छ ।
शुक्रवार कन्सल्टेन्सीको उद्धघाटन गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्व उपाध्यक्ष तथा भिएक्सएल माईग्रेशन एजुकेशन कन्सलटेन्सि ग्लोवलका डाईरेक्टर पन्तले गर्ने छन् । पत्रकार सम्मेलनमा कन्सलटेन्सीका सञ्चालक नवराज रेग्मी, भिएक्सएल नेपालका प्रमुख एमडी न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।