रत्ननगर । २१०औं भानु जयन्तीको अबसरमा शुक्रबार रत्ननगरमा तीन जना कवि तथा साहित्यकारलाई सम्मान गरिएको हो । रत्ननगर बाङ्मय परिषद् र बाल्मीकि साहित्य सदन रत्ननगरले साहियित्क क्षेत्रमा विशिष्ठ योगदान दिएका तीन जना कवि तथा साहित्यकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा नबलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नं १५ प्रगति नगर निवासी कृष्णदेवी शर्मा श्रेष्ठ, रत्ननगर ३ निवासी लक्ष्मण अर्याल र कालिका निवासी चिरञ्जवी दाहाललाई सम्मान गरिएको बाङ्मय परिषद्का सदस्य तिलकराज शर्मा पौडेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले उनीहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन । कार्यक्रममा बरिष्ठ साहित्यकार केशवराज आमोदीले सम्मानित तीनै जनाको जीवनी तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा एक दर्जन कवि तथा सहित्यकारहरुले कविता मार्फत भानुभक्त आचार्यको सम्झना गरेका थिए ।
कार्यक्रममा कवि तथा सहित्यकारहरु राजेन्द्र घायल, धनराज गिरी, मोदनाथ मरहठ्ठा, राजेन्द्र घायल, अशोक भूषाल, शुशील खनाल, सुबोधन लम्साल, यमुना न्यौपाने, विष्णु पौडेल, रामकृष्ण ढकाल, हरिप्रसाद गजुरेल लगायतले रचना बाचन गरेका थिए । बाल्मीकि साहित्य सदन तथा रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, सम्मानित कवि कृष्णादेवी शर्मा श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । बाल्मीकि साहित्य सदनका सचिव विश्वनाथ खनालले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष धनराज गिरीले स्वागत मन्तव्य राखेका थिए ।