इच्छाकामनाका चेपाङलाई अम्रिसो र फलफुलका बिरुवा विरतण

July 2, 2023 7:33 pm

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ का चेपाङ समुदायलाई आइतबार अम्रिसो सहित फलफुलको बिरुवा वितरण गरिएको छ । सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्टद्धारा सञ्चालित हरेक यात्राको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजनाले चेपाङको आयआर्जन, वाताबरण सरक्षण र भू(क्षय नियन्त्रणको लागि सुन्तला, कागती र अम्रिसो वितरण गरिएको हो । वडा नं १ भालुडाँडामा आयोजित कार्यक्रममा ५२ परिवारलाई ७१ हजार ७५० वटा बिरुवा, १०४ परिवारलाई ५ हजार ५० बोट र ५२ परिवारलाई ४५० बोट कागती वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सो वडा अन्तर्गत काउलेमा सुन्तला उत्पादन हुँदै आएको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गरि सुन्तलाको विरुवा वितरण गरिएको गिरीले बताए ।

सो ठाउँमा अम्रिसो बहुउपयोगी मानिदै आएको छ । कुचो, बाख्राको लागि घाँस र डोको बुन्न चोया समेत निस्कने भएकाले अम्रिसोको बिरुवा प्रदान गरिएको हो । बाख्रापालन, कुचो, भू(क्षय नियन्त्रण र वातावरण संरक्षणको लागि अम्रिसो उपयोगी हुने अध्यक्ष गिरीले बताए । बिरुवा लिन आएका चेपाङ समुदाय उत्साहित देखिएका थिए । चेपाङलाई चाहिएको कुरा हामीले दिएका छौं गिरीले भने करिब साढे तीन बर्ष काम गरेपछि आवश्यकता पहिचान गरि फलफुल, अम्रिसो र डाले घाँसका बिरुवा वितरण गरेका हौं । साढे तीन बर्ष अघि सुरु गरिएको सो परियोजनाले ६६५ घरिवारको जीवन स्तर उकास्न प्रतियोगितात्मक कार्यक्रम गरेको छ । प्रतियोगिताको माध्यमबाट चेपाङको जीवन स्तर सुधारिएको छ ।

चेपाङको पारिवारिक अबस्थामा परिवर्तन आएको छ, बालबालिका स्कुल जान थालेका छन् गिरीले भने आयआर्जनको लागि बाख्रापालन गरिएको छ, खेतमा तरकारी र फलफुल उत्पादन गरिएको छ । सिमित श्रोतको समुचित प्रयोग गरि जीवनलाई सहज बनाउने उपायहरु चेपाङलाई सिकाएको इम्प्याक्टका अध्यक्ष गिरीले बताए । चेपाङ बस्तीमा नर्सरी बनाएर उनीहरुलाई बिरुवा उत्पादन गर्न लगायौं अध्यक्ष गिरीले भने त्यही बिरुवा किनेर चेपाङलाई नै नितरण गरेका हौं । बिरुवा वितरण कार्यक्रममा इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत, सुदिप भट्टराईले सहजीकरण गरेका थिए ।