एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट : फाइनल प्रवेशका लागि नेपालले सिंगापुरसँग भिड्ने

June 30, 2023 8:18 pm

काठमाडौं : मलेसियमा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले नेपालले फाइनल प्रवेशका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह ए मा रहेको नेपालले समूहको अन्तिम खेलमा मलेसियालाई ८४ रनले हराउँदै समूह विजेता बनेपछि समूह बि को उपविजेता सिंगापुरसँगको भिडन्त पक्का गरेको हो ।

सिंगापुर भने आज भएको खेलमा हङकङ्गसँग पराजित भएपछि उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।नेपालले समूह बीको दोस्रो स्थानमा रहेको सिंगापुरसँग सोमबार (३ जुन) मा सेमिफाइनल खेल्नेछ । नेपालको खेल बायोमास ओभल क्रिकेट मैदानमा हुनेछ ।