रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही असार १५ र १६ गते हुने बृत्ती मार्ग निर्देशन तथा राेजगार मेलाकाे तयारी तीब्र पारिएकाे छ । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाकाे सयुक्त आयाेजनामा रत्ननगर १ निपनी स्थित हाेटल स्टार चितवनमा भेला हुँदैछ । रत्ननगरका मेयर प्रलाद सापकाेटाकाे अध्यक्षतामा बसेकाे बैठकले मेलालाई अर्थपूर्ण बनाउदै कम्तिमा एक हजार जनाकाे राजगारी सुनिश्चित गर्ने निर्णय भएकाे छ । श्रम बजारमा राेगजारीकाे पहिचानकाे लागि मेला आयाेजना गरिएकाे मेयर सापकाेटाले बताए ।
इन्स्याेर परियाेजनाकाे प्राविधिक सहयाेगमा हुने मेलामा ३० वटा स्टल रहने छ । विदेशबाट फर्किएका, कामकाे खाेजिमा रहेका र सीप भएर पनि काम नपाएका युवाहरुलाई लक्षित गरी राेजगार मेला आयाेजना गरिएकाे मेयर सापकाेटाले बताए । राेजगारदाता र कामकाे खाेजिमा रहेका युवाहरुलाई प्रत्यक्ष रुपमा भेट गराउने र राेजगारीकाे सुनिश्चितता गर्न मेला काेसेढुंगा सावित हुने उनले बताए । मेलामा बेराेजगार युवाहरुकाे क्षमता पहिचान र राेजगारकाे अबसरकाे खाेजि गरिने छ । इन्स्याेर परियाेजनाकाे प्राविधिक सहयाेगमा हुने मेलामा ३० वटा स्टल रहने छ ।
बैठकमा रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दीपेन श्रेष्ठ, चितवन उद्योग संघ रत्ननगर ईकाइ संयाेजक गाेविन्द प्रसाद खनाल, क्षेत्रीय हाेटल संघ चितवनका अध्यक्ष गंगा गिरी, इन्स्याेर परियाेजनाका टेकेन्द्र ओड, शरण मिजार, रुपा गुरुङ, साभ्या चाैधरी लगायतकाे सहभागिता रहेकाे थियाे । बैठकमा मेलाका कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले सहजीकरण गरेका थिए ।