विद्यालय बन्द नगर्न रत्ननगरका मेयर सापकोटाको निर्देशन

June 18, 2023 11:51 am

रत्ननगर, असार ३
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले नगर भित्रका कुनै पनि सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएका छन् । सामाजिक संजाल मार्फत मेयर सापकोटाले रत्ननगरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने भन्ने सुचना पाएको भन्दै नगरभित्रका कुनै पनि विद्यालय बन्द नगर्न निर्देशन दिएका हुन्।

सापकोटाले शिक्षा नगरपालीकाको पहिलो प्राथामिकता हो भन्दै समस्या परे सम्बन्धित निकायमा उजुरी गर्न भनेका छन् । ‘विद्यार्थीको शान्त रूपमा पढ्न पाउने अधिकार माथि हस्तक्षेप हामीलाई स्विकार्य छैन। विद्यालय शान्ति क्षेत्र हो तसर्थ वार्ता र संवाद बाट निकास खोज्ने हो, हामी बन्द हड्ताल तिर अब फर्कने छैनौं ।’ सापकोटाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

यसैबिच, रत्ननगर १३ मा रहेको पंचकन्या माध्यमिक विद्यालयमा लागेको ताला वडाध्यक्ष पोट बहादुर घिमिरेको पहलमा खोलिएको छ । घिमिरेले नगरपालिकाले नगरका कुनैपनि विद्यालय बन्द नगर्ने निर्देशन दिएको भन्दै ताला खोलेको बताए ।