रत्ननगर । लामो खडेरीको कारण जनजीवन प्रभावित भएपछि पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रको परिसरमा महादेव र सरस्वतीको मन्दिरमा पुजा गरेर पानी मागिएको छ । पानीकै लागि पुजारी, कर्ता र चेपाङ बालबालिकाहरुले जलधारा समेत गरेका थिए । पानी माग्दै देवीदेवताको पुजाआरधाना सहित रुद्रिपाठ समेत गरिएको छ । रितपूर्वका पुजारी,कर्ता र पाठपारायण गर्ने बटुकहरु सहित पानीका लागि पुजा लगाइएको हो ।
लामो खडेरीका कारण जनजीवन प्रभावितसंगै चेपाङको खोरिया खेतमा लगाएको मकै समेत सुकेर नष्ट भएका छन् । सीमान्तकृत चेपाङ समुदायले तीन महिना खाने अन्नको रुपमा रहेको मकै बोटमै सुकेपछि अब चेपाङलाई ६ महिना अनिकल लाग्ने सम्भावना भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताए । बालवालिकालाई रितीरिवाज सिकाउदै पुजापाठ गरी भगवानसंग पानी मागेका छौं अध्यक्ष शर्माले भने रितपूर्वक पुजा गरेको हुँदा अब पानी पर्छ ।
पुजा लगाएको तीन दिन भित्र पानी पर्ने जनविश्वास रही आएको छ । चितवनमा लामो समय देखि पानी नपरेपछि जिल्लाका ठाउँ ठाउँमा पानी माग्दै पुजाआराधाना तथा भ्याकुताको विहे समेत गरिएको छ ।