रत्ननगरमा घटेन गर्मी,विद्यालयमा थपियो गर्मी बिदा

June 7, 2023 12:33 pm

रत्ननगर, जेठ २४ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले तापक्रम नघटेपछी नगरभित्रका विद्यालयलाई दिइएको गर्मी बिदा लम्ब्याएको छ । नगरपालिकाले यसअघि जेठ २४ गतेसम्म दिइएको बिदा २ दिन थप गर्दै २६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । नगरपालिकाले बुधबार सुचना जारी गर्दै बर्षे बिदाबाट कट्टे हुनेगरी जेठ २६ गतेसम्म नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय र सबै मन्टेश्वरी बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माद्वारा हस्ताक्षरित सुचनामा विभिन्न माध्यम र विधिको उपयोग गरी गराई विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न पनि अनुरोध गरिएको छ ।