चेतनशिल आमा समूह रत्ननगरको अध्यक्षमा लक्ष्मी पाण्डे

June 3, 2023 6:30 pm

रत्ननगर, जेठ २० ।
रत्ननगर–१२ मा रहेका चेतनशिल आमा समूहको अध्यक्षमा लक्ष्मी पाण्डे चयन भएकी छन् । शनिबार सम्पन्न संस्थाको १२ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सिता पनेरु, सचिवमा सर्मिला धिताल, सह-सचिवमा सरला लामिछाने र कोषाध्यक्षमा मिरा ढकाल चयन भएका छन् । समितिको सदस्यहरुमा कल्पना भण्डारी, रमा ढकाल, रिता श्रेष्ठ नेपाली, सुस्मा वाइवा ,भगवती अमगाई र कल्पना अधिकारी चयन भएका छन् । लेखा समितिको संयोजकमा गोमा पौडेल र सदस्यहरुमा जमुना लामिछाने, गोमा पन्त चयन भएका छन् ।

रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठक प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाकी अध्यक्ष अनिता अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले समूहले महिलाको हक हितको लागि निरन्तर काम गरिरहेको बताइन्। उनले महिलालाई परेको समस्यामा समूहले नेतृत्वदाई भूमिका निर्वाह गर्दै समस्या समाधान गरिरहेको पनि जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि पाठकले अभिभावकले आफ्ना बालबालीकालाई पर्याप्त समय नदिदाँ विकृती बढ्दै गएको बताए । अभिभावकले मोबाइलको प्रयोगमा धेरै समय खर्चिदै बाल बच्चालाई समय दिन नसक्दा पछिल्लो समय गलत बाटोमा हिड्नेको संख्या बढेको भन्दै समूहका महिलालाई सचेत गराए । पाठकले समूहको भवन निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

लेखा समिति संयोजक यशोदा देवकोटाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थापक सदस्यहरु र समूहलाई सहयोग गर्ने ब्यक्तीहरुलाई सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष अनिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष सुन्दरमणी सुवेदी, निवर्तमान वडाध्यक्ष विरबहादुर पाख्रीन, वडा सदस्य रामप्रसाद पाण्डे, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, पूर्व नगद सदस्य निर्मला खड्‌का, शान्तीकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाल लगायतको उपस्थिति रहेको थियो । सचिव लक्ष्मी पाण्डेले संचालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष गोमा पौडेलले स्वागत मन्तब्य राखेकी थिइन् ।