स्वर्गिय राजा वीरेन्द्रको सम्झनामा रत्ननगरमा दीप प्रज्वलन

June 2, 2023 9:03 pm

रत्ननगर, जेठ १९ ।
स्वर्गिय राजा वीरेन्द्र र उनको परिवारको सम्झनामा पूर्वी चितवनको रत्ननगरमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगरको आयोजनामा रत्ननगरको सौराहाचोकमा दीप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा राप्रपा रत्ननगरका अध्यक्ष गोविन्द अधिकारीले राष्ट्रवादी राजा वीरेन्द्रको अभाव देशमा खड्किएको बताउँदै राजसंस्था मात्रै अबको विकल्प भएको बताए । कार्यक्रममा बोल्दै राप्रपा जिल्ला सदस्य हरी अधिकारीले जेठ १९ नेपालका लागि कालो दिन भएको बताए । उनले संवैधानिक राजसंस्था सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खनाल, किसान संगठनका जिल्ला अध्यक्ष शम्भु अधिकारी, नगर महिला संगठन अध्यक्ष मिना प्रधान लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नगर प्रवक्ता संतोष लामाले संचालन गरेका थिए ।